Skip This
दाङमा वडा सदस्यले कुटिन् महिला 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ६ शनिबार
  • Saturday, 27 July, 2024
पीडित कल्पना वली विष्ट र पीडक वडा सदस्य देवा विक
२o८o जेठ ६ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा वडा सदस्यले कुटिन् महिला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ६ शनिबार ११:३९:oo

दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ की वडा सदस्य देवा विकले एक महिलामाथि हातपात गरेकी छिन्। सोही वडाको विष्णपुरकी ४० वर्षीया कल्पना वली विष्टमाथि कुटपिट गरेकी हुन्। गएको शनिबार साँझ ५ बजेतिर वडा सदस्य विकले आफूमाथि कुटपिट गरेको विष्टको भनाइ छ। 

सापटी लिएको पैसा माग्न वडा सदस्य देवा विकका दाइ मानबहादुर विकको घरमा गएकी थिइन। त्यही क्रममा वडा सदस्य विक पनि त्यही माइती घर गएकी रहिछिन्। त्यही क्रममा उनले कुटपिट गरेको पीडित वलीको आरोप छ। ‘पैसा माग्न भनी घर गएकी थिएँ, त्यहाँ मानबहादुरका माइती पनि आउनुभएको रहेछ, देवा पनि आउनुभएको थियो,’ उनले भनिन्, ‘त्यसपछि मानबहादुरका माइती गएपछि देवाले किन घरमा आएकोभन्दा पैसा लिन आएको भनेर जवाफ दिएपछि हातपात गरिन्।’ 

मानबहादुरले केही समय अघि लिएको एक लाख २० हजार रुपैयाँ सापटी रुपैयाँ फिर्ता माग्न गएको वलीले बताइन्। तर, पाहुना आएको वेला किन आएको भनी कुटपिट गरेको उनको भनाइ छ। वलीको टाउकोमा चोट लागेको छ। साथै, वलीले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी छन्। घटनापछि वडा कार्यालयले छलफल पनि गराएको थियो। तर, त्यो छलफलले केही निष्कर्ष निकाल्न सकेन। 

आफूले कुटपिट गरेको कुरा वडा सदस्य विकले पनि स्वीकार गरेकी छिन्। ‘उहाँ(वलीले) पैसा नदिए घर आगो लगाइदिन्छु भनेर धम्की दिनुभयो,’ विकले भनिन्, ‘त्यसपछि हात हालाहालको अवस्था आएको हो।’