Skip This
महावीर पुनसँगको सहमति कार्यान्वयन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर।
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ५ शुक्रबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महावीर पुनसँगको सहमति कार्यान्वयन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा

सरकारको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १७:५६:oo

नवप्रवर्तन आविष्कार कोष स्थापनाका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्ने भएको छ । 

आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममार्फत सरकारले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आज आर्थिक आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो घोषणा गरे । 

सरकारले संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालनसम्बन्धी कानुनी व्यवस्थापका लागि प्रस्ताव पेस गरिने जनाएको छ ।

लामो समयदेखि कोषको आवश्यकतामाथि जोड दिँदै अभियान चलाइरहेका पुनले केही दिनअघि माइतीघर मण्डलामा धर्ना दिई सरकारलाई दबाब दिएका थिए । 

उनीसँगको वार्तापछि सरकारले १८ वैशाखमा सातबुँदे सहमति गरेको थियो ।