
सरकारले आगामी दुई वर्षभित्र मूलपानी र कीर्तिपुरको क्रिकेट खेलमैदानलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यसमा अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलाउने सरकारको योजना छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यस्तै, चितवनलगायतका ठाउँमा रहेको क्रिकेट रंगशाला पनि निर्माण गर्ने सरकारको घोषणा छ।