Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ४ बिहीबार ०९:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चार महिना नपुग्दै सिडिओको सरुवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ४ बिहीबार ०९:५२:००

गृह मन्त्रालयले चार महिना पनि नपुग्दै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । धादिङ, अर्घाखाँची, गुल्मी र अछाम जिल्लामा छोटो अवधिमै सिडिओ सरुवा गरिएको हो । 

गृहले बुधबार सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापनको निर्णय गरेको हो । जसअनुसार धादिङमा बद्रीनाथ गैरे, गुल्मीमा टेकबहादुर केसी, अर्घाखाँचीमा कमलराज ढकाल र अछाममा शिवराम न्यौपानेलाई सिडिओमा खटाएको छ । धादिङमा कार्यरत सिडिओ रमेश ढकाल, अर्घाखाँचीकी मीना अर्याल, गुल्मीका सागरमणि पाठक र अछामका लक्ष्मण ढकाल गत माघको दोस्रो साता मात्र ती जिल्लामा खटिएका थिए । छोटो अवधिमै हटाइएपछि उनीहरूले असन्तुष्टि जनाएका छन् । 

गृहका एक अधिकारीले भने सहसचिवको दरबन्दी भएर उपसचिव खटिएका जिल्लामा सहसचिवलाई खटाउँदा केही जिल्लामा छिटो हेरफेर भएको बताए । अर्घाखाँची, गुल्मी र अछाममा उपसचिव सिडिओ रहेकोमा सहसचिवलाई खटाइएको छ । धादिङमा कार्यरत ढकालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै अन्यत्र सरुवा गरेकाले त्यहाँ नयाँ सिडिओ पठाइएको गृहका सहसचिव केदारनाथ शर्माले जानकारी दिए । गुल्मीका सिडिओ पाठकमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पनि सोधपुछ गरिरहेको छ । शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते गरिएको समयमा उनी सो प्रतिवेदन रहने स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा कार्यरत थिए ।

सरुवामा अन्य चार जिल्लाका सिडिओ पनि फेरिएका छन् । ललितपुरमा रुद्रनाथ पण्डितलाई खटाइएको छ । उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत थिए । कास्कीमा गृहमा रहेका सहसचिव वासुदेव घिमिरेलाई खटाइएको छ । त्यस्तै, उपसचिव कृष्ण पौडेललाई तेह्रथुम तथा माधवराज शर्मालाई रुकुम पूर्वको सिडिओ पठाइएको छ । यी जिल्लामा भने ६ महिनाभन्दा लामो अवधि पुगेरै सरुवा भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा झक्कप्रसाद आचार्यलाई खटाइएको छ । एकीकृत सामाजिक सुरक्षा लगतसम्बन्धी ठेक्का विवादमा परेपछि त्यहाँ कार्यरत महानिर्देशक रुद्र पण्डितले यसअघि नै सरुवा माग्दै आएका थिए ।