
ग्राभेल बोकेको ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ।
ना.६त १०७९ नम्बरको ग्राभेल बोकेको लोड ट्याक्टरको अगाडिको इन्जिनको भाग उठ्न गई ढालामा च्याएर ट्याक्टरचालक खैरहनी– २ बस्ने वर्ष २० का दीपक परियारको मृत्यु भएको हो।
गम्भीर घाइते भई उपचारका लागि नयाँ मेडिकल कलेज ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
उक्त ट्याक्टर चितवन खैरहनी नगरपालिका– ४, कएरखोला ग्राभेल ढुवानी हुने क्रममा दुर्घटना भएको थियो।