१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० जेठ २ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ग्रिनल्यान्ड र भ्याली फाइनलमा

Read Time : < 1 मिनेट
२०८० जेठ २ मंगलबार ०८:०३:००

ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको थ्री बाई थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २१–६ ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

भ्याली पब्लिकले एचएचसिएलाई ११–५ ले पराजित गर्दैै ग्रिनल्यान्डसँगको उपाधि भिडन्त पक्का ग¥यो । प्रतियोगिताको सिनियर महिलामा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरेका छन् ।

भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० स्कोरको योगदान गरिन् । बबिता घिमिरेको १३ स्कोरको सहयोगमा पृथ्वीले एचएचसिएलाई २४–१७ ले हरायो । एन्जल्स हार्ट र गोल्डेन पिक जुनियर पुरुषको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बिएनएलाई २१–१४ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे । गोल्डेन पिकले स्किब्सलाई २३–१५ ले पराजित ग¥यो ।