१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गोगोरो क्रसओभर जिएक्स–२५० स्कुटर सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२२:oo

नेपालमा गोगोरो क्रसओभर जिएक्स–२५० स्मार्ट स्कुटर सार्वजनिक भएको छ । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी नस्दाक : जिजिआर र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जिएक्स–२५० स्मार्ट स्कुटर सार्वजनिक गरेका हुन् । 

एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटर जिएक्स–२५० संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कम्पनीले पहिलो ब्याट्री स्वापिङ स्टेसन काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा खोलेको बताइएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधि र दिगो गतिशीलतामार्फत नेपालको शून्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे । ‘नेपालको दुईपांग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिन समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ,’ उनले भने, ‘नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चारपांग्रे सवारीसाधन अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ ।’

गोगोरो र नेबुला इनर्जीले ल्याएको गोगोरो स्मार्ट ब्याट्रीमा केही सेकेन्डमै ‘स्वाप एन्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ । गोगोरोको नयाँ जिएक्स–२५० स्कुटर नेपालका राइडरका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको बताइएको छ ।नेबुला इनर्जीले सुरुमा रणनीतिक बिटुबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्ने र त्यसपछि हरेक दुई–तीन किलोमिटरमा एउटा स्टेसन उपलब्ध हुने गरी काठमाडौं उपत्यकावरपर ‘गो स्टेसन’ स्थापना गर्ने योजना रहेको बताएको छ । 

कम्पनीले यसै वर्ष रिटेल र कर्पोेरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ । स्कुटरहरू दसैँदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन् । साथै, कम्पनीले नेपालमा पेट्रोलपम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने योजना राखेको छ । 

ad
ad