मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०७:२९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ग्रिनफिल्डको दोहोरो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०७:२९:००

आयोजक ग्रिनफिल्डले नवौँ ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डले सिनियर र जुनियर पुरुषतर्फ जित हात पारेको हो । सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित गर्‍यो । ग्रिनफिल्डका शशांक कार्कीले १८ स्कोर गरे । जुनियरमा अंकित सुनारको नौ स्कोरको रहयोगमा ग्रिनफिल्ड ‘ए’ले नेरिकलाई १८–१२ ले हरायो ।

सिनियर पुरुषमा नेरिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १९–१० ले हरायो । किङडम हिमालयले हेम्सलाई ६४–५२ ले पाखा लगायो । महामञ्जुश्रीले पुष्पसदनलाई ३३–२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०–१७ ले पाखा लगाए ।

जुनियर पुरुषमा एन्जल्स हार्टले इबिएलाई १६–८ ले पाखा लगायो । संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० र महामञ्जुश्रीले हिमालयनलाई १४–११ ले पन्छाए । सिनियर महिलामा संस्कृतिले ग्रिनफिल्डलाई २२–१० तथा काष्ठमण्डपले हेम्सलाई २४–१३ ले पराजित गरे ।