मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १ सोमबार २१:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा ‘पपुलिस्ट मुभमेन्ट’ले समयको बर्बादी गर्दै छ : शंकर पोखरेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १ सोमबार २१:१७:००

एमाले महासचिव शंकर पोखरेलले पपुलिस्ट मुभमेन्टले आजको संकटको समाधान नदिने बरु समयको बर्बादी मात्र हुने बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका पोखरेलले नेपालमा सामाजिक अराजकता र त्यसको असन्तुष्टिको मागमा पपुलिस्ट मुभमेन्टको असर देखिएको बताएका छन् । 

‘नेपालका विचारक ठानिने बुद्धिजीवी भूराजनीतिको चपेटाको आर्थिक प्रलोभनको प्रभावमा परेर यस्ता प्रश्नमा छलफल र बहस नै गर्न चाहँदैनन्,’ उनले भनेका छन्, ‘जसका कारणले नेपालमा सामाजिक अराजकता र त्यसको असन्तुष्टिको जगमा पपुलिस्ट मुभमेन्टको असर देखिँदै छ । पपुलिस्ट मुभमेन्टले आजको संकटको समाधान दिने होइन, त्यसबाट महत्वपूर्ण समयको बर्बादी मात्र हुने हो । त्यसैले पपुलिस्ट मुभमेन्ट भर्सेज सोसियो इकोनोमिक चेन्जका विषयमा बहस गर्ने वेला भएन र ?’

उनले विश्वमा नेतृत्व परिवर्तन पपुलिस्ट मुभमेन्टबाट पनि भएका तर समाज परिवर्तन विचारधारात्मक जगमा निर्धारित उद्देश्य र लक्ष्यका आधारित आन्दोलन र अभियानबाट मात्र सम्भव हुने दाबी गरेका छन्। 

‘नेपालमा आजसम्म सम्पन्न भएका क्रान्तिहरू राजनीतिक परिवर्तनको उद्देश्यमा आधारित थिए । ती क्रान्तिबाट समाज परिवर्तनको उद्देश्य पूरा हुने कुरै भएन । तर, राजनीतिक परिवर्तनलाई समग्र क्रान्तिका रूपमा बुझ्ने कुराले समाजमा असन्तुष्टि सिर्जना हुन पुग्यो,’ महासचिव पोखरेलको भनाइ छ, ‘दुनियाँमा सम्पन्न हरेक क्रान्तिले राज्यसत्तामा वर्ग नेतृत्वको प्रश्न हल गरेको हुन्छ । तर, नेपालमा सम्पन्न राजनीतिक क्रान्तिले नेतृत्वको प्रश्न हल गर्न सकेको छैन ।’ 

नेतृत्वको प्रश्न हल नभएर नै नेपाली समाजले राजनीतिक परिवर्तनपछिको गन्तव्य पक्रन नसकेको उनको विचार छ । ‘नेपालको मौलिक क्रान्तिले निरुपण गर्न नसकेको नेतृत्वको प्रश्नको निरुपण आवधिक चुनावका माध्यमबाट गर्नुपर्ने हुन्छ । तर, नेपालमा धेरै राजनीतिक दलहरूका बीचमा जनमत विभाजित भएका कारणले नै राज्यसत्तामा वर्ग नेतृत्वको प्रश्न ह लहुने गरी जनमत प्रकट हुन सकेको छैन । यस्तो अवस्थामा मुलुकमा राजनीतिक ध्रुवीकरणका माध्यमबाट नेतृत्वको प्रश्न हल गर्न सक्नुपर्दछ,’ उनले भनेका छन् ।