१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १ सोमबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बयान दिएर टेकु फर्काइए खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १ सोमबार १४:२९:००

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाण सरकारी वकिलको कार्यालयमा बयान दिएर फर्केका छन्। प्रहरीले उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेर प्रहरी परिसर टेकु फिर्ता ल्याएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले मंगलबारभित्र अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । यो प्रकरणमा पक्राउ परेका अन्य ११ जना भने काठमाडौंका विभिन्न हिरासतमा छन् । एकै हिरासतमा राख्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले फरक–फरक हिरासतमा राखिएको छ ।