१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टेकनारायण पाण्डेलाई थुनामै राख्न र आङटावा शेर्पालाई धरौटीमा छाड्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४६:oo

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डेको रिट खारेज गरिदिएको छ। 

उच्च अदालतले पाण्डेलाई थुनामा राख्न भनेकाेमा उनी त्यसविरुद्ध सर्वोच्च गएका थिए। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो।

सर्वोच्चले आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ। चौधरीसँग १० लाख रुपैयाँ र शेर्पासँग ३० लाख धरौटी लिन गरिएको छ। उच्चले उनीहरूलाई पनि थुनामै राख्न भनेको थियो।

यसैगरी, उच्चले धरौटीमा छाड्न भनेको शमशेर मियाँलाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश गरेको छ।

केशवप्रसाद दुलाल, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सागर राई, इन्द्रजित राई र सानु भण्डारीको हकमा उच्चकै फैसला सदर भएको छ। उनीहरूलाई उच्चले थुनामा राख्न भनेकाे थियाे।

ad
ad