१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o जेठ १ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकाले नेपालमा एनजिओ र पार्टीमार्फत घुसपैठ बढायो : जनमोर्चा महासचिव भट्ट

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १३:१o:oo

राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकाले नेपालमा एनजिओ र राजनीतिक दलमार्फत घुसपैठ बढाएको दाबी गरेका छन्। 

आजदेखि सुरु पार्टीको मेची–महाकाली अभियानअन्तर्गत महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले यस्तो बताएका हुन्। ‘अमेरिकाले नेपाल र नेपालीको भलाइका लागि नभई आफ्नै हित र चीन घेर्नका लागि एमसिसीजस्ता विभिन्न परियोजना लागू गर्न खोजेको छ,’ उनले भने, ‘आफ्नो उपस्थिति बढाउन एनजिओ र दलमा आफ्नो उपस्थिति बढाएको छ।’

राष्ट्रियताको रक्षा, धर्मनिरपेक्षता, संघीयता खारेजी र गणतन्त्र रक्षाका लागि अभियान थालिएको बताउँदै भट्टले १५ दिने अभियानअन्तर्गत जनतामा जागरण ल्याउन खोजेको दाबी गरे।