मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३१ आइतबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड, माधव र विप्लवलगायत नेता एउटै मञ्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार १८:४२:oo

विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौँ, नेसपानिकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने बताए। ‘विद्यार्थीहरूमा एकताको सन्देश दिन संयुक्त कार्यक्रम गर्न लागेका छौँ,’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहाँ भए पनि हामी सँगै छौँ र सँगै हुनेछौँ।’