मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्याम्पसमा अक्षयकोष स्थापनाका लागि कुँवरद्वारा एक लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १६:४७:oo

हजुरलाई नमस्ते ट्रेड लिंकका अध्यक्ष ताराबहादुर कुँवरले काभ्रेपलाञ्चोक मण्डनदेउपुरमा रहेको डेडिथुम्का पब्लिक क्याम्पसमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।

क्याम्पसमा अध्ययनरत  गरिब, जेहेनदार, जनजाति र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई लक्षित गर्दै अक्षयकोष स्थापनाका लागि उनले एक लाख रुपैयाँ प्रदान गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका काभ्रपलाञ्चाेक संयोजक प्रवीण ढकालको उपस्थितिमा उक्त रकम क्याम्पस प्रमुखलाई हस्तान्तरण गरिएको हो।

आफूले हस्तान्तरण गरेको उक्त रकमले गरिब, जेहेनदार र असहाय विद्यार्थीलाई सहज हुने सामाजसेवी कुँवरले बताए। ‘राज्यको ढुकुटीमा पहुँच पुग्न नसके पनि आफ्ना दश नंग्रा खियाएर थोपा–थोपा पसिनाको कमाइले विद्यालयलाई सहयोग गरेको छु,’ उनले भने।