१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीको बिग मर्जर

युनियन, गुराँस र प्राइम मर्ज भएर हिमालयन लाइफको नाममा एकीकृत कारोबार सुरु, चुक्ता पुँजी पुग्यो आठ अर्ब दुई करोड

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:३६:oo

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एकैपटक तीनवटा संस्था गाभिएको भने पहिलोपटक हो । १ माघमा मर्जरको अन्तिम सम्झौता भएका कम्पनीहरू १ः१ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको अध्यक्ष सुलभ अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण हुने भएका छन् । उनी यसअघि युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । 

प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स ०६४ सालमा नै स्थापना भएका कम्पनी हुन् । त्यस्तै, युनियन लाइफ इन्स्योरेन्स भने ०७४ सालदेखि सञ्चालनमा आएको हो । मर्जरअघि गुराँस लाइफ इन्स्योरेन्सको चुतmा पुँजी दुई अर्ब ५३ करोड ६५ लाख, प्राइम लाइफ इन्स्योरेन्सको तीन अर्ब १४ करोड र युनियन लाइफ इन्स्योरेन्सको दुई अर्ब ३४ करोड थियो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी आठ अर्ब दुई करोड पुगेको छ । 

 जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार बुधबारबाट 
 बुधबारदेखि आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको पनि औपचारिक एकीकृत कारोबार सुरु हुने भएको छ । मर्जरपछि कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहनेछ । यी दुई कम्पनी समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् ।  

नयाँ बन्ने कम्पनीको अध्यक्ष आइएमईका तर्फबाट हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरलका योगेशभक्त बादे श्रेष्ठ हुने भएका छन् । प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल भने नयाँ कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । 

 १७ कम्पनी मर्जरपछि आठ कम्पनी बने
प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्न दिएको निर्देशनपछि १७ बिमा कम्पनी मर्ज भएर आठवटामा सीमित भएका छन् । सातवटा जीवन बिमा मर्ज भएर तीनवटा र १० निर्जीवन कम्पनी मर्ज भएर पाँचवटा बनेका छन् । 
जीवन बिमा कम्पनीतर्फ सूर्या लाइफ र ज्योति लाइफबीच सबैभन्दा पहिला मर्जर प्रक्रिया सम्पन्न भएको हो । यी दुई कम्पनीले गत पुस १८ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरपछि कम्पनीको नाम सूर्याज्योति लाइफ बनेको छ । त्यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरपछि गत चैत १९ गते एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स राखिएको छ ।  

निर्जीवन बिमा कम्पनीतर्फ हिमालयन र एभरेस्ट इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिला मर्जरमा गएका हुन् । कम्पनीहरूले गत साउन १ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेस्ट इन्स्योरेन्स राखिएको छ । त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले गत कात्तिक १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि कम्पनीको नाम सानिमा जिआइसी इन्स्योरेन्स राखिएको छ ।

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि गत फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स राखिएको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच गत फागुन २९ देखि एकीकृत कारोबार सुरु भएको हो । मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स राखिएको छ ।  

 जेठभित्र अजोड र युनाइटेडको एकीकृत कारोबार
मर्जरका लागि प्राधिकरणबाट सहमति पाइसकेकामध्ये अजोड जनरल र युनाइटेड इन्स्योरेन्सले आगामी जेठभित्र एकीकृत कारोबार सुरु गर्ने भएका छन् । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जर सहमति भंग भएपछि अजोडले युनाइटेडसँग मर्जरको सहमति गरेको हो । 

यी कम्पनीबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो । युनाइटेड र अजोड १००ः९० को अनुपातमा मर्ज हुन लागेका हुन् । यी दुवै कम्पनीको विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर आगामी जेठ २० गतेभित्र एकीकृत कारोबार गर्ने कम्पनीको तयारी छ । यसबाहेक मर्जर सहमति गरेका अन्य कम्पनीहरूको एकीकृत कारोबार सुरु भइसकेको छ । नेपालमा २० निर्जीवन र १९ जीवन बिमा कम्पनी थिए । त्यसमा निर्जीवनतर्फ १० कम्पनी मर्ज भई पाँचवटा र सातवटा जीवन बिमा मर्ज भएर तीनवटा कायम भएको छ । मर्जरपछि भने नेपालमा जीवन र निर्जीवन बिमा कम्पनीको संख्या १५–१५ वटा कायम हुनेछ । 

नेपालमा सञ्चालित जीवन बिमा कम्पनीको चुक्ता पुँजी यसअघि दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ तोकिएको थियो । कम्पनीको संख्या धेरै भएपछि बजारलाई बलियो बनाउन भन्दै प्राधिकरणले पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । प्राधिकरणले ०७८ साल चैतमा निर्देशन जारी गर्दै जीवन बिमा कम्पनीलाई पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो । प्राधिकरणले पहिलोपटक कम्पनीहरूलाई गत चैत मसान्तभित्र नै पुँजी कायम गर्न निर्देशन दिएको थियो ।

ad
ad