१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o४:oo

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारकाे प्रतिबद्धता पनि माग गरे। 

कर्मचारीले साइनिङ मनीको रूपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै उनले त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भन्दै प्रश्न गरे। राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे। 

उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने। सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ। साइनिङ मनी लिने, २–३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेसनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने। यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन। यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्।’

 

ad
ad