मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २५ सोमबार १२:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आर्थिक मन्दीको चुनौती सामना गर्ने गरी बजेट प्रस्तुत हुनुपर्छ : विष्णु पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २५ सोमबार १२:३६:००

पूर्वअर्थमन्त्री एवं एमाले सांसद विष्णु पौडेलले नेपालको अर्थतन्त्र मन्दीमा गइसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारको आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले नै देशको अर्थतन्त्र मन्दीमा गएको तथ्य स्विकारेको उनको तर्क छ। अर्थतन्त्र मन्दीमा गएको स्विकार्दै त्यसले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्ने पौडेलले प्रस्ट्याए।

‘देशको अर्थतन्त्र मन्दीमा गएको छ। मन्दीमा गएको छ भन्ने कुरा हामी ढाँट्छौँ कि, स्वीकार गर्छाैँ कि, यसलाई अरू बिग्रन नदिएर लयमा फर्काउने संकल्पका साथ अघि बढ्छौँ ? यो दोबाटोमा हामी छौँ,’ उनले भने।