Skip This
जनताको तीव्र विकास र समृद्धिको आकांक्षा पूरा नहुँदा समस्या : बाबुराम भट्टराई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
२o८१ जेठ १६ बुधबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जनताको तीव्र विकास र समृद्धिको आकांक्षा पूरा नहुँदा समस्या : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १८:४६:oo

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना दलहरूले ठूला राजनीतिक परिवर्तन गरे पनि जनताको तीव्र विकास र समृद्धिको आकांक्षा पूरा गर्न नसक्दा नयाँ विकल्पहरू अगाडि आएका बताएका छन्।

आइतबार हेटौँडामा पत्रकारहरूसँगको भेटमा भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि त्यसको जगमा उभिएर जनतालाई सुशासन, विकास र समृद्धि दिनुपर्नेमा प्रमुख दलहरू त्यसमा चुकेको बताए। ‘राजनीतिक परिवर्तनपछि जनतामा सुशासन, विकास र समृद्धिको अपेक्षा थियो। तर, तदनुरूप ठूला दलहरू जान नसक्दा जनतामा एक प्रकारको असन्तुष्टि छाएको छ। जुन हामीले पछिल्लो समय देखिरहेका छौँ,’ उनले भने।

पछिल्लो चरणमा जनताको अवस्था परिवर्तन गर्न भएको ढिलाइको कारण बढेको विकृति र विसंगतिले नयाँ शक्तिहरू देखिएको भए पनि ती खाली ठाउँमा भरिन आइपुगेका प्रतिगामी र गलत उद्देश्य बोकेका शक्तिहरूले भएको उनको आरोप छ। भ्रम छर्ने र जनतालाई गलत दिशामा मोड्ने त्यस्ता प्रवृत्तिले देशमा खतरा बढ्ने भट्टराईले दाबी गरे।

फरक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन हुनुपर्ने बताए। विभिन्न समयमा देशमा यस्ता थुप्रै प्रकरणहरू घटेका बताउँदै उनले सबैको उचित ढंगबाट छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए।

ad
ad
ad
ad