१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जग्गा तथा आवास विकास संघको अध्यक्षमा धमला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५४:oo

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला चयन भएका छन् । बुधबार सम्पन्न संघको १६औँ साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

सभाले अध्यक्षसहित सातजना पदाधिकारी र सातजना सदस्य पनि निर्विरोध चयन गरेको जनाइएको छ । संघको प्रथम उपाध्यक्षमा दीपक कुँवर, द्वितीय उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, महासचिवमा रोशन भोयद्यो, सचिवमा गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा तुलसीप्रसाद अधिकारी चयन भएको संघले जनाएको छ । सदस्यमा बहादुरकृष्ण ताम्राकार, दीपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले चयन भएको जनाइएको छ । 

साधारणसभामा संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले चर्को ब्याजको प्रभावले ८० प्रतिशत व्यवसायीहरू प्रभावित भएको बताए । त्यो अवस्थामा बैंक वित्तीय प्रणालीमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी लगानीमैत्री बैंकिङ प्रणाली सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रियल इस्टेट व्यवसायीहरूको माग सम्बोधन गर्न प्रयासरत रहने बताए । महासंघको तर्फबाट हालको बजार संकुचन हटाउन पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्बन गर्नुपर्ने बताए ।

सरकारले नीति जारी गर्दा व्यवसायीहरूलाई हैरानी दिन नहुने, घरजग्गाको व्यवसाय अनुत्पादक क्षेत्र नभएकाले यसलाई चलायमान बनाउनुपर्ने धारणा राख्दै एफएनसिसीआई संघसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।                  

ad
ad