१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बक्सिङको प्रारम्भिक छनोट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo

नेपाल बक्सिङ संघले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा पुरुष ५१ केजी तौलसमूहको क्वार्टरफाइनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले एचटुओका लालप्रसाद उप्रेतीमाथि ४–३ अंकका आधारमा जित निकाले । सोही तौलसमूहमा एपिएफका प्रदीप महर्जनले पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा हराए । बक्समाण्डुका लक्ष्मण राईले रुकुमका जीवन पुनमगरलाई ५–० अंकले पाखा लगाए । आर्मीका सुशील थापाले ललितपुरका खेलाडी चिरन्जीवी खड्कालाई ५–० अंकका आधारमा हराए । 

पुरुष ५७ केजीमा बाँकेका खेलाडी इन्द्र सुनारले केओका प्रणालीमा एपिएफका पुरन राईमाथि जित निकाले । आर्मीका पुरन सुनुवारले नुवाकोटका नीराजन मोक्तानलाई सहज अंकमा निराश पारे । पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देसारमाथि आरएससीका आधारमा मकवानपुरका सोहन राईले जित हासिल गरे । पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले नक्साल बक्सिङ क्लबका अश्विनधिरण श्रेष्ठलाई ४–३ को स्कोरमा पराजित गरेका छन् । 

आर्मीका दीपेश लामाले बक्समाण्डुका दावाछिरिङ लामालाई ४–१ स्कोरमा पाखा लगाए । एपिएफका विक्रम चौधरीले स्विट साइन्स बक्सिङ क्लबका नीराजन नेपालीलाई ५–० को फराकिलो अन्तरमा पराजित गरेका छन् । महिला ५० केजीमा लुम्बिनीकी माया केसीले आर्मीकी आरती बम्जनलाई ५–० ले हराइन् । स्विट साइन्सकी रमिसा श्रेष्ठले जेनेक्सकी तेजीमाया गुरुङलाई ५–० ले पाखा लगाइन् । एचटुओकी अस्मिता दुवालले प्रहरीकी रिता धरलालाई ४–३ अंकका आधारमा हराइन् । यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

ad
ad