मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १८ सोमबार २०:४२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आजदेखि हुम्लाको हिल्सा नाका खुला, १८ नेपाली तिब्बत प्रस्थान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १८ सोमबार २०:४२:००

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हुम्लाको हिल्सा नाका आजदेखि दुईतर्फी खुला भएको छ । 

मानिस र कार्गो ओहोरदोहोरका लागि औपचारिक रूपमा सिमानाका खुला भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । 

पाैडेलका अनुसार सिमानाका खुलेसँगै आज १८ जना नेपाली तिब्बत गएका छन् । हिल्सामा अध्यागमन अधिकारी र सशस्त्र प्रहरीका अधिकृत तथा चिनियाँका अधिकारीहरूको सहभागितामा सिमानाका दोहोरो सञ्चालनको सुरुवात गरिएको थियो । 

कोरोना सुरु भएसँगै तीन वर्षदेखि उक्त नाका बन्द थियो । यो नाका कैलाश मानसरोबर जाने प्रमुख रुट हो । 

हुम्ला सदरमुकाम सिमिकोटबाट हिल्सा जाने बाटो हिउँका कारण अवरुद्ध छ । प्रजिअ पौडेलले दुई दिनदेखि जहाज पनि उडान हुन नसकेको जानकारी दिए ।