रास्वपाको सचेतकमा निशा डाँगी

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छिन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

डाँगी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधिसभा सांसद बनेकी थिइन्। त्यस्तै, बैठकले पुनः सांसद निर्वाचित भएर आएपछि सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ।

सुझावित समाचार