त्रिवि मैदानमा ललितको जादु, लगातार दुई बलमा दुई विकेट

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

त्रिवि खेलमैदानमा ललित राजवंशीको जादु पुनः चलेको छ । उनले लगातार दुई बलमा दुई विकेट लिएका छन् । 

यसक्रममा ललितले युएईका सबैभन्दा भरपर्दा विस्फोटक ब्याटर आसिफ खानलाई पेभेलियन पठाए । 

लेफ्टआर्म अर्थोडक्स ललितको बलमा ठूलो सट हान्ने प्रयास गर्दा आसिफ स्लिपमा आरिफ सेखलाई क्याच दिन पुगे । लगत्तैको बलमा ललितले जाहर खानलाई आरिफ सेखको हातबाट क्याच गराए । 

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलिरहेको युएई पूर्ण रूपमा धराशायी बनेको छ । 

सुझावित समाचार