Skip This
बारा पुगेर प्रधानमन्त्रीले भने- निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख ७ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारा पुगेर प्रधानमन्त्रीले भने- निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १६:२२:oo

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। 

बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाईमा सत्तागठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका वेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गरिनेछ। कोभिडको वेला बन्द भएको नाका सञ्चालन गरिनेछ। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’

उनले यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएकोले नागरिकताको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने बताए। प्रधानमन्त्रीले भने, ‘यसअघि राजस्व घटेको थियोे, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर, अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।’

सभामा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका थिए।