मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
फाइल तस्बिर
दीपक भट्ट रामेछाप
२०८० बैशाख ६ बुधबार १३:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शैक्षिक सत्र सुरु भएसँगै रामेछापका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० बैशाख ६ बुधबार १३:४३:००

रामेछापमा नयाँ शैक्षिकसत्र सुरु भएसँगै जिल्लाका अधिकांश  सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक पनि पुगेका छन्। 

सरकारले व्यवस्थापन गरेको मापण्डका आधारमा रामेछापका स्टेशनरी व्यवसायीहरुले शैक्षिक सत्र सुरु हुनु अघिनै जिल्लामा पुस्तक ल्याएर सबै विद्यालयमा पठाएका हुन्। 

जिल्लामा कक्षा १ देखि १० सम्म ४० हजार थान पुस्तक आवश्यक रहेको भएपनि अधिकासं पुस्तक जिल्लामा आइसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश ढुंगेलले जानकारी दिए। 

उनले भने, ‘यसपटक जिल्लाका स्टेशनरी व्यवसायीले छुट्टाछुट्टै रुपमा पुस्तक खरिद गरेर समयमा नै ल्याएकाले यसवर्ष पुस्तकमा समस्या परेन।’ जसमा व्यवसायीहरूले कक्षा १ देखि ५ सम्म निजी क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मेवारी दिएका कारण पनि पाठ्यपुस्तकमा थप सहजता आएको ढुंगेलले बताए। 

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो सयमसम्म पनि विद्यालयमा पाठ्यपुस्तक नपुगेको गुनासो आफुले खेप्नु परेकाले यसवर्ष समयमा नै पाठ्यपुस्तक पठाउन सकिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिए। 

उनले भने, ‘जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा सबै पाठ्यपुस्तक पुगिसकेका छन्।’ 

यसबाहेक दोरम्वा शैलुंग गाउँपालिका र सुनापति गाउँपालिकामा केही पाठ्यपुस्तक पुग्न बाँकी रहेकाले ती पालिकामा पनि केही दिनभित्रै पाठ्यपुस्तक पुग्ने गरी व्यवस्थापन भइसकेको छ। 

रामेछापमा २ सय ८० वटा आभारभूत विद्यालय र ९६ वटा माध्यमिक विद्यालय छन्। जसमध्ये माध्यमिक विद्यालयमा ७ हजार र आधारभूत तहमा ३३ हजार थान पाठ्यपुस्क आवश्यक पर्छ।