मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ५ मंगलबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखको हैसियतमा पाएको सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १८:o६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा पाएको सुविधा फिर्ता गरेका छन्। पौडेलले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट लिँदै आएकाे सुविधा फिर्ता गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार आफ्नो पदावधि समाप्त भएको सात दिनभित्र फिर्ता गर्नुपर्छ। तर, पौडेलले राष्ट्रपति निर्वाचित भएको ४० दिन बितिसक्दा पनि पूर्वसभामुखको हैसियतले पाएको सुविधा फिर्ता गरेका थिएनन्।

सञ्चारमाध्यममा यो विषय आएसँगै पौडेलले आज मंगलबार नै पूर्वसभामुखको हैसियतमा पाएको सुविधा फिर्ता गरेका हुन्।