१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गाडी चोरी धन्दामा संलग्न दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१२:oo

 प्रहरीले गाडी चोरी धन्दामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने मकवानपुर इन्द्रसरोवर गापा–२ का २८ वर्षीय अशोक लामा र मकवानपुर थाहा नपा–१२ का २३ वर्षीय किरण स्याङ्तान छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले ३० चैतमा चोभारस्थित सुक्खा बन्दरगाहमा पार्क गरी राखिएको बा.५च ९६५७ नम्बरको गाडी चोरी गरी फरार भएका थिए । उक्त गाडीका धनी राजेन्द्र खड्का हुन् । प्रहरीले उक्त गाडीलाई चोभार डाँडास्थित खाली चौरमा लगी राखेको थियो । 

अनुसन्धानका क्रममा पक्राउ परेका अयिभुक्तले सुवर्ण महर्जनले सञ्चालन गरेको चक्रतीर्थ मल्टिपर्पाेज प्रालिको गोदामबाट सवारीसाधनको पाटपुर्जा पनि चोरी गरेका थिए । उक्त पार्टपुर्जासमेत प्रहरीले बरामद गरेको छ ।

ad
ad