१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३० बिहीबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल विश्वविद्यालय विधेयक पारित हुन्छ : शिक्षामन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १५:o८:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा उक्त विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे। नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रूपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो।

‘नेपाल विश्वविद्यालय भन्ने छुट्टै इकाइको रूपमा मात्रै यसलाई नहेरेर समग्र शैक्षिक परिस्थिति, परिवेश मिलाएर यसलाई अगाडि बढाउनुपर्छ । यसमा हामीले कञ्ज्युस्याइँ गर्नुहुँदैन। तर, यसलाई हामीले अगाडि बढाउँदा, ऐन बनाउँदाखेरि कार्यान्वयन पनि होस्। यसले राम्रो परिणाम पनि देओस्। त्यो कुराको प्रत्याभूति हुने ढंगले गर्नुपर्छ,’ मन्त्री राईले भने।