मन्त्रिपरिषद् बैठक : फोहोर नउठाउने महानगरकाे निर्णय गम्भीरतापूर्वक लिइने

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहर नउठाउने निर्णयबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। 

काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको हो। 

यस्तै, आजको बैठकले आयातीत र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ। 

सुझावित समाचार