१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्तरी नाका खोल्ने पहल गर्न सत्तारूढ दलका सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३o:oo

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले उत्तरी सीमानाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन प्रभावित भएको भन्दै बडूले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुले देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ छ।

‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ । उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । र, यी नाकाहरू सञ्चालनमा आउन् । ता कि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस्,’ सांसद बडूले भने ।
 

ad
ad