१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २६ आइतबार २०:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तिम ओभरमा रिंकुको पाँच छक्काले केकेआर विजयी, रसिदको ह्याट्रिकले जोगिएन गुजरात

इन्डियन प्रिमियर लिग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २६ आइतबार २०:३८:००

इन्डियन प्रिमियर लिग २०२३अन्तर्गत आजको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले गुजरात टाइटन्समाथि अविश्वसनीय जित निकालेको छ । 

जितका लागि अन्तिम ओभरमा २९ रन आवश्यक परेका वेला रिंकु सिंहले लगातार पाँच छक्का प्रहार गर्दै गुजरातबाट जित खोसे । उनको विस्फोटक ब्याटिङले रसिद खानको ह्याट्रिकलाई ओझेलमा पार्यो ।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रन बनाएको थियो । दुई सय पाँच रन पछ्याइरहेको केकेआर खेलमा जिततर्फ उन्मुख देखिएका वेला रसिदले एकै ओभरमा लगातार तीन विकेट लिएपछि गुजरात खेलमा फर्किएको थियो । 

अन्तिम ओभरको खेल जित्न केकेआरलाई २९ रन चाहिएको थियो । ऊसँग तीन विकेट मात्र बाँकी थियो । यस्तोमा मध्यक्रमका ब्याटर रिंकुले एस दयालको बलिङमा लगातार पाँच छक्का प्रहार गर्दै अविश्वसनीय जित निकाले । रिंकुले २१ बलमा ६ छक्काको मद्दतमा अविजित ४८ रन बनाए ।