१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २५ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २५ शनिबार १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एसका तेस्रो वरीयताका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २५ शनिबार १४:५१:oo

नेकपा (एकीकृत समाजवादी)का तेस्रो वरीयताका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्।

शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्ं। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्।

छिट्टै एमालेमा प्रवेश गर्ने तयारीतर्फ संकेत गर्दै उनले आफू मात्र नभएर दर्जनौँ केन्द्रीय सदस्य तयारी अवस्थामा रहेको दाबी गरे। ‘म मात्र होइन, मेची–महाकालीसम्मका नेता–कार्यकर्ता साथीहरू राष्ट्रिय भेला गरेरै एकीकरणको पक्षमा हुनुहुन्छ,’ उनले भने।

उनले छिट्टै त्यस्तो भेला हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।