१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमै आएको हो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३३:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सार्वजनिक गरेका न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिबाटै आएको बताएका छन्।

यसअघि सरकारमा रहेका दलहरूको सहकार्यमा तयार पारिएको न्यूनतम साझा कार्यक्रमका विषयसमेत समेटिएको आशय व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा उनले सबै मिलेर यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

‘यो धेरै विकसित र परिमार्जित भएर आएको छ। यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ, योभन्दा पहिले सरकारमा भएका पार्टीहरूको पनि दिमाग छ। त्यसकारण यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम हो भन्न पनि सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दल, सरकार र कर्मचारीतन्त्रको हो।’

ad
ad