मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहदानी विवाद : रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १५:३१:oo

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिट हेर्न नमिल्नेमा परेको छ। 

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको रिटलाई हेर्न नमिल्नेमा राखिएको हो। सिन्धुलीका युवराज सफलले दायर गरेको उक्त रिटमाथि आज सुनुवाइ ताेकिएकाे थियो। 

रिटमा महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रहरी परिसर टेकु र निर्वाचन आयोगका साथै रवि लामिछानेलाई विपक्षी बनाइएको छ।

महान्यायाधिवक्ता पोखरेलले प्रहरी प्रतिवेदनका आधारमा प्रमाण नपुग्ने भन्दै ६ चैतमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही निर्णय खारेज गर्दै मुद्दा दायर हुनुपर्ने माग रिटमा गरिएको छ।