१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले विरोधी हुँ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भए : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १८:१o:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।

एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाएको ओलीले जिकिर गरे। आइतबार पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सत्तारुढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने दोहोर्‍याए।

देश बनाउन एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने भन्दै उनले दशजनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको बताए।

‘भवितव्यमा दुईवटा सिट आयो। एमालेका विरुद्ध बोले, मन्त्री भए। जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन, एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ। यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनुपर्‍यो,’ ओलीले भने।

ad
ad