१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लबबीचको फाइनल खेल । तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका
२०७९ चैत १७ शुक्रबार १५:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कालिका कप भलिबलको उपाधि पुलिसलाई 

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १५:१०:००

बागलुङमा जारी कालिका कप खुला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा गलकोट घुम्टे क्लबलाई ३–२ सेटमा हराउँदै पुलिसले जित हात पारेको हो ।

चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेल २–२ सेटमा बराबरी भएको थियो । अन्तिम सेटमा गलकोटले नाै स्कोर प्राप्त गर्दा पुलिसले १५ पुर्‍याउँदै उपाधि चुमेको हो । पुलिसले बिहीबार हिललाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा तय गरेका थिए ।

पहिलो सेमिफाइनलमा पुलिसले ३–१ सेटमा जित हात पारेको हो । त्यस्तै, दोस्राे खेलमा गलकोट घुम्टे क्लबले पनि हिललाइट निलोलाई ३–१ कै सेटमा पराजित गरेको थियो । दुवै खेल बेस्ट ५ मा खेलाइए पनि दुवै खेल ४ खेलमा टुंगिएका थिए ।

त्यसअघि भएका क्वार्टरफाइनलको खेलमा हिलसाइट निर्माण सेवा निलोले निर्माण व्यवसायी संघ बागलुङलाई सोझो दुई सेटमा जित निकालेको थियो । चैतेदसैँ मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १३ टिमले भाग लिएका थिए ।

खेलमा पहिलो भएको पुलिसले तीन लाख, दोस्राे गलकोट घुम्टेले एक लाख ५० हजार, तृतीय हिलसाइड निलोले ७० हजार र सान्त्वनास्वरुप हिलसाइड सेतोले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।