मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ चैत १७ शुक्रबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा सुरु

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार ११:०७:००

नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन शुक्रबार लुम्बिनीमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मेलनको उद्घाटन गरेकी छिन् । देशभरका पत्रकार महासंघका जिल्ला अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधिकारीहरू सम्मेलनमा सहभागी छन् ।

तीन दिनसम्म जारी रहने सम्मेलनले मिडिया सञ्चालनसम्बन्धी नीतिगत विषयमा छलफल गरी घोषणापत्र जारी गर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । उद्घाटन सत्र कार्यक्रम अहिले जारी छ । उद्घाटन सत्रपश्चात् विभिन्न विषयमा रहेर छलफल हुनेछ ।