मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Saturday, 29 August, 2026
२o७९ चैत १६ बिहीबार १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा टिकट नपाएपछि डा. वाग्लेले छोडे कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १६:o३:oo

उपनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेको जानकारी गराएका छन्।

उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला र डा. गोविन्द पोखरेललाई म्यासेज गरेर यस्तो जानकारी गराएका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा उपनिर्वाचन लड्न आग्रह गरेको छ। उनले निर्वाचन लड्ने मनसाय बनाएको स्रोतको भनाइ छ। कांग्रेस नेताहरू उनीसँग सम्पर्कको प्रयासमा छन्।

उनी आफूनिकट नेताहरूको समेत सम्पर्कमा छैनन्। मोबाइल स्विच अफ छ। पोखरेलले भने, ‘हामीले सम्पर्कको प्रयास गरिरहेका छौँ । सम्पर्कमा आउनुभएको छैन।’