१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलाकारको गोपनीयतामा साइबर हमला बढ्यो : भुवन केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १८:o२:oo

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन्।

मंगलबार बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए।

‘हामीले नेपाली चलचित्रहरू अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ। यसले चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ। यसबाहेक हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ,’ केसीले भने।

साइबर हमलाको समस्या समाधानका लागि बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको उनले जानकारी दिए।