मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Tuesday, 18 August, 2026
२o७९ चैत १४ मंगलबार १७:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका एक हजार ५८५ पत्रकारको दुर्घटना बिमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १७:३४:oo

बागमती प्रदेशका १३ जिल्लामा विभिन्न सञ्चारगृहमा आबद्ध एक हजार ५८५ पत्रकारहरूको प्रतिव्यक्ति चार लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना बिमा गरिदिएको हो।

कानुन र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले प्रदेशका १३ जिल्लाका एक हजार ५८५ पत्रकारको राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा बिमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए। 

शाखा अधिकृत कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैयाँबराबरको बिमा गरिएको हो। चैत्र ५ बाट लागू हुने बिमालेखअनुसार बिमित पत्रकारको मृत्यु भएमा ४ लाख र दुर्घटना भएमा एक लाख रुपैयाँबराबरको औषधि उपचार खर्च भुक्तानी हुनेछ।