मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १४ मंगलबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५० वर्ष रगत–पसिना बगाएर बनाएको पार्टी छाड्दिनँ : भीम रावल

Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार १४:१५:००

नेकपा एमालेका नेता डा. भीम रावलले आफू पार्टीभित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने बताएका छन् ।

मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीभित्र आफूलाई निषेध गर्ने प्रयास भइरहेको भन्दै रावलले यस्तो बताएका हुन् । उपाध्यक्ष विष्णु पौडेलले अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाएका विषयमा समेत उनले आपत्ति जनाए ।

‘उहाँहरूले पार्टीबाट अलग भएर गइसकेका माधव नेपालजीलाई राष्ट्रपति बनिदिनुस्, पार्टी एकता गरौँ भन्दा पनि मिल्ने । पुष्पकमल दाहालजीलाई प्रधानमन्त्री बनाउन पनि हुने । अनि मैले यहाँ कुनै मान्छे भेटेपछि भीम रावल समाजवादी भइसक्यो भन्ने ?’ रावलले प्रश्न गरे ।

आफूले पार्टी अध्यक्षका लागि दिएको उम्मेदवारीलाई केपी ओलीविरुद्धको कदम भनी कुप्रचार गरिएको उनले पटकपटक दोहोर्‍याएका थिए । ५० वर्ष रगत–पसिना बगाएर आफैँले बनाएको पार्टी नछाड्ने उनले प्रस्ट पारेका छन् ।