Skip This
सुकुमबासीलाई पेलेरै जाने काठमाडौं महानगरको योजना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Saturday, 27 July, 2024
माइतीघरमा धर्नामा बसेका भूमिहीन तथा सुकुमबासीहरू । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुकुमबासीलाई पेलेरै जाने काठमाडौं महानगरको योजना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o८:oo:oo

काठमाडौं महानगरपालिकाले भूमिहीन, सुकुमबासीको समस्या समाधान गर्नेभन्दा पेलेरै जाने तयारी गरेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह समस्या समाधानमा गम्भीर नभएको भन्दै भूमिहीन सुकुमबासीले माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । 

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालकी प्रवक्ता स्मिता आचार्यले भूमिहीन सुकुमबासी अभियन्तालाई महानगरले लगाएको झुटो मुद्दा खारेज गर्नुपर्ने, महानगरले निकालेको सूचना स्थगित गर्नुपर्ने बताइन् । महानगरले शनिबार भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घरटहरा हटाउन सूचना जारी गरेको थियो । ‘भूमिहीन, सुकुमबासी अभियन्ताहरूलाई निःसर्त रिहाइ गर्नुपर्छ, महानगरले जारी गरेको सूचना मान्दैनौँ,’ प्रवक्ता आचार्यले भनिन् । महानगरले सात दिनभित्र महानगरपालिकाका नदी वहाब, नदी उकास, नदी–किनार र कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका ठाउँ खाली गराउन सूचना जारी गरेको छ । ‘सात दिनभित्र ती क्षेत्रमा भएका संरचना हटाई अन्यत्र लैजान सूचित गरिएको छ । सूचनाको परिपालना नगरी अनधिकृत संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन, ०७४ तथा अन्य प्रचलित कानुनबमोजिम हटाइने, सरसामान हटाउन लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाटै असुलउपर गरिनेछ,’ सूचनामा भनिएको छ । 

महानगर प्रमुख साहविरुद्ध आन्दोलन जारी रहने 
भूमिहीन सुकुमबासीहरूले माग पूरा नभएसम्म महानगर प्रमुख साहविरुद्धको आन्दोलन जारी रहने बताएका छन् । ‘प्रमुख साहसँग भेट्न धेरै प्रयास गर्‍यौँ । अझै पनि भेट्न प्रयासरत नै छौँ । भेटेर समस्यामाथि छलफल गर्न पाएका छैनौँ,’ प्रवक्ता आचार्यले भनिन्, ‘हाम्रो माग पूरा नहुन्जेल माइतीघरमा चलिरहेको अनिश्चितकालीन धर्ना जारी रहन्छ । विरोध प्रदर्शन पनि चल्नेछ ।’ 

१७ फागुनदेखि दैनिक दुईदेखि तीन घन्टासम्म माइतीघरमा भूमिहीन सुकुमबासीहरूले धर्ना दिइरहेका छन् । तर, उनीहरूको धर्ना र प्रदर्शनप्रति महानगरले चासो दिएको छैन । महानगरका सहप्रवक्ता दीपक अधिकारी भन्छन्, ‘महानगरको धारणा भनेको शनिबार निकालेको सूचना नै हो ।’ नदी–किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारीसाधन हटाउन अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेपछि यो समस्या थप जटिल बनेको हो ।

समितिले बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन २५ कात्तिकमा १० दिने अल्टिमेटम दिएको थियो । तर, सूचनाप्रति अटेर गरेपछि कानुनअनुसार बस्ती खाली गर्न भन्दै महानगरका नगर प्रहरी १२ मंसिरमा दलबालसहित बस्तीमा पुगेको थियो । सुकुमबासी बस्ती हटाउन जाने क्रममा स्थानीयको प्रतिकारमा महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहित ३६ प्रहरी घाइते भएका थिए । त्यसपछि महानगरले आक्रमणमा सहभागीविरुद्ध किटानी जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा हाल भूमिहीन सुकुमबासी अभियन्ता हुकुमबहादुर लामा र नारायण परिश्रमी थुनामा छन् ।