कर्णालीका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. पोख्रेल नियुक्त

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोख्रेल नियुक्त भएका छन् ।

कर्णाली प्रदेशको आर्थिक नीति निर्माण र कार्यान्वयनमा योगदान गर्ने गरी पोख्रेललाई नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अर्घाखाँची स्थायी घर भएका पोख्रेल यसअघि जनादर्न शर्मा प्रभाकर अर्थमन्त्री रहँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारसमेत थिए ।

पोख्रेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । उनले सार्कस्तरीय लघु बित्त संस्थाले प्रदान गर्ने तालिम लिनुका साथै बैंक अफ लन्डन, दी नेदरल्यान्ड बैंक, फ्रान्सको बर्गडी स्कूल अफ बिजनेसलगायतका तालिम लिनुका साथै अमेरिका, बंगलादेश, क्यानाडा, जर्मनीलगायतका देशमा बैंकिङ तालिम आदान–प्रदानको अनुभव लिएका छन् ।

सुझावित समाचार