१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत ९ बिहीबार २३:१४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजकलाई पन्छाउँदै भरतपुर क्वार्टरफाइनलमा

जितपुर–सिमरा गोल्डकप

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार २३:१४:००

भरतपुर फुटबल क्लब जगदम्बा जितपुर–सिमरा गोल्डकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । 

उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले आयोजक नवजनजागृति युवा क्लबलाई ३–१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । 

सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम नवजनजागृति घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरियो । 

भरतपुरले खेलको सातौँ मिनेटमा भीष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापा मगरको क्रसलाई सदुपयोग गर्दै भीष्मलेले टिमलाई अग्रता दिलाएका थिए ।

सुरुबाटै दबाबमा आएको आयोजकले खेलको ३३औँ मिनेटमा बराबरी गोल फर्कायो । भरतपुरका डिफेन्डरले डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राइकर ग्लोरीले खेललाई १–१ को अवस्थामा ल्याए । 
तर, केही मिनेटपछि नै भरतपुरले सिमराविरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै  भरतपुरले पुनः अग्रता कायम गर्यो । 

पहिलो हाफ २–१ को अग्रता बनाएको भरतपुरले तेस्रो गोलका लागि दोस्रो हाफको अन्तिम मिनेट कुर्नु पर्यो । खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठले गोल गर्दै आयोजकविरुद्ध ३–१ को जित दर्ता गराए । दोश्रो हाफको इन्जुरी समयको सातौँ मिनटमा सुनीलले गोल गरेका थिए । 

भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगदसहित ट्रफी प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे । 

प्रतियोगिताअन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड क्लब र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।