मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Monday, 15 September, 2025
तस्बिर : रोयटर्स
रासस बेइजिङ
२o७९ चैत ९ बिहीबार १८:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १८:१५:oo

चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई  दक्षिण चीन सागर छाड्न बिहीबार चेतावनी दिएको हो।

जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ। चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ। यद्यपि, चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तर्राष्ट्रिय अदालतले गरेको थियो।

फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन् भने अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ।

चीन सरकारको अनुमतिबिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रूपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ। यस सम्बन्धमा अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन।