१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १७:२४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ।

उनले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका हुन्।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि नेकपा एमालेसहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उहाँले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेका छन्। 

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक  प्रक्रिया सुरु भएको जानकारी दिए। 

तस्बिर : दीपेन्द्र ढुंगाना/ नयाँ पत्रिका 

ad
ad
ad
ad