१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १४:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलकाे अनुदान कटौतीप्रति सांसदले गराए सरकारकाे ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १४:१४:oo

कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गरे। 

सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुमबासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताए।   

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा ०७१ साउनमा गएको पहिरोपीडितलाई संकलन भएको रु. दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद मंगलप्रसाद गुप्ताले जनताको रु. १६ अर्बभन्दा बढी पैसा सहकारीमा डुबेकाले व्यवस्थापन गर्न माग गरे। 

सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको एक मात्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरी धाँधली गरिएको बताउँदै फर्जी परिचयपत्र बनाएर गैरविद्यार्थीलाई मतदान गर्न लगाइएको कानुनी कारबाहीको माग गरे। 
 
सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको क्रिकेट मैदानलाई पूरा गर्न ध्यानाकर्षण गराए। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि सुधार गर्न उनको माग थियो। सांसद रणकुमारी बलम्पाखीले सिन्धुलीको कमलामाई नदीले कटान गरी सयौँ घरमा क्षति पुगेकाले क्षतिपूर्ति दिन माग गरे। 

सांसद रणेन्द्र बरालीले फागुनमा नेकपा ९एमाले०बाट निर्वाचित स्थानीय सरकारका प्रमुख उग्रनारायण यादवले जातीय विभेद हुने गरी भोज आयोजना गरेकाले कानुनी कारबाहीको हुनुपर्नेमा जोड दिए। 

सांसद रमा कोइराला पौडेलले हालसम्म न्यून संख्यामा मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइएकाले सबै उद्योग, प्रतिष्ठानलाई सूचीकृत गर्न माग गरिन्।

सांसद राजकिशोर यादवले नागरिकता विधेयक कहाँ अड्किएको छ र कहिले आउँछ भन्दै प्रश्न गरे। सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गरे। किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन माग गरे।  

सांसद रामकुमार राईले खोटाङ जिल्लाका विभिन्न स्थानमा १५ वर्षअघि सुरु गरिएको सडक अझै सम्पन्न नभई अवरुद्ध भएकाले छिटो काम गर्न माग गरे। 

सांसद रामहरि खतिवडाले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न माग गर्नुहुँदै सभामुखले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिप्रति सञ्चार क्षेत्रको आलोचना आएकामा सभामुखको ध्यान गएको छ कि छैन भनी प्रश्न राखे। 
 
सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गरे। सांसद रूपा जोशी चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्नेमा जोड दिइन्।

सांसद रोशन कार्कीले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ नेपाली जनता सुकुमबासी हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जानुपर्ने बताए। सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकाले ठोस काम गर्न माग गरे।