मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार २२:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार २२:५६:००

सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा रहेको’ भनी दिएको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । 

संघका सचिव गोविन्द मरासिनीले शुक्रबार एक विज्ञप्ति जारी गरी राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रूपमै प्रेसविरोधी अभिव्यक्ति आउनु आपत्तिजनक भएको जनाएको छ । 

सभामुखको अभिव्यक्ति शोभनीय नरहेको र अनलाइन मिडियाको स्वच्छतामाथिसमेत प्रहार भएको भन्दै विज्ञप्तिमा यस्ता अभिव्यक्तिले प्रेस कानुन र अझ अनलाइन पत्रकारिता सम्बन्धी कानुन निर्माण गर्दा स्वेच्छाचारी ढंगले हुने त होइन ? भन्ने प्रश्न समेत खडा भएको उल्लेख छ । 

प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्न भन्दै सचिव मरासिनीले अन्यथा, जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुने चेतावनी दिएका छन् ।