१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले बिआरआई परियोजना तीव्रता साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १७:o५:oo

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कामलाई तीव्रगतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

भूराजनीतिक विषयका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए। बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘योसँग जोडिएर आउने भूराजनीतिक प्रश्नहरु छन्। म के कुरामा विश्वस्त छु भने चिनियाँ मित्रहरूले बारम्बार एउटा कुरा भन्ने गर्नुभएको छ– चीन विकासको जतिसुकै उच्च तहमा पुगोस्, जतिसुकै विकसित होस्। चीनले कहिल्यै जियोग्राफिक एम्बिसन राख्नेछैन। चीनले भन्ने गरेको छ– बाह्य हस्तक्षेपको पीडा छ भन्ने कुरामा हामी आफैँले भोग्दै आएका छौँ। चीनको यो भनाइलाई हामीले मित्र राष्ट्रको हैसियतले गम्भीरतापूर्वक लिनुपर्दछ। नेपालको विकासमा फड्को मार्ने हो भने बिआरआई महत्वपूर्ण परियोजना हो भन्ने मलाई लाग्दछ,’ उनले भने।