Skip This
उपराष्ट्रपति निर्वाचन : उम्मेदवारलाई मत दिने–नदिने निर्णय नगर्न दलहरूको ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारलाई मत दिने–नदिने निर्णय नगर्न दलहरूको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १६:oo:oo

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनमा प्रचारप्रसार निषेधको अवधिमा उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न–नगराउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।

मतदानको अघिल्लो दिन बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्क्रिया, सभा नगर्न सचेत गराएको हो ।

उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार नेपाली कांग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै एमालेले आयोगमा उजुरी दिएको थियो ।